धनुषा ७ जेठ २०८२
सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ९ सतोषरमा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजनाले प्रारम्भिक वाल विकास र संरक्षणको विषयमा काम गर्दै आएको छ ।
सबैला नगरपालिकाको वडा नं. ९,१०,११ र १३ तथा शहीदनगर नगरपालिकाको वडा नं. ७ मा यो कार्यक्रम संचालित छ । उक्त कार्यक्रममा वडा नं. ९ कोे वडा समितिको सबै पदाधिकारी, वडा स्तरिय प्रारम्भिक बाल विकास समिति, स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य कर्मिहरु र जानकी महिला जागरण समाजबाट परियोजनामा आवद्घ कर्मचारीहरुको उपस्थिति रहेको थियो । विगत सेप्टेम्वर महिनादेखि हालसम्म भएको कृयाकलाप र उपलव्धीहरु बारेमा छलफल तथा प्रस्तुतिकरण गरियो । कार्यक्रम संयोजक निकिता सिंह यादवले प्रस्तुतिकरण गर्नुभएको थियो ।
यस अवधिमा मुख्य गरि अभिभावक शिक्षा सम्वन्धि १७ वटा समुहमा ८÷८ वटा कक्षाहरु संचालन भएको, दुईवटा किशोरी समुहमा २३ वटा स्टिक एन्ड स्टोन स त्यस्तै सकरात्मक अभिभावकत्व कक्षा रअन्तरपुस्ता संवाद कार्यक्रम गरिएको थियो । परियोजनाले गर्दा ए एन्् सि , पि एन् सि चेकअप बडेको सन्तानको स्याहारमा र सहभागितामा पुरुषहरुको संलग्नता बढेको पाईएको स्वास्थ्य कर्मि गिता कापरले बताउनु भयो । महिला स्वास्थ्य स्वयम सेविका गेनादेवि यादवले परियोजनामा संलग्न भएपछि पहिला जस्तो समुहमा अगाडी आएर बोल्न कक्षा संचालन गर्न कुनै संकोच नरहेको र अभिभावक शिक्षा तालिमले सवै स्वयमसेविकाहरु पहिले भन्दा धेरै राम्ररी काम गर्न कक्षा चलाउन सकेको बताउनु भयो ।
सहभागिहरुले बालबालिका र किशोरीहरुमा भएको लगानि र कृयाकलापले समुदायको सवैमा खुसि ल्याएको र कार्यक्रमका निरन्तरता हुनुपर्ने धारणाहरु राखेका थिए । वडा नं ९ को वडा अध्यक्ष मनिस कुमार रायले सहयोगी निकायहरुले नेपाल सरकारले आफैले गर्नुपर्ने काममा सहयोग गरेकोमा धन्यवाद दिदै कार्यक्रमको निरन्तरताकोलागि आग्रह गर्नुभयो । हेर्दा सामान्य लाग्ने तर अतिनै महत्वपूर्ण विषयहरुमा भएको कक्षाहरुले सुनौलो हजार दिनको बालबालिकाको सर्वाङिण विकासमा राम्रो प्रभाव पर्ने साथै बाल बिवाह रोक्ने अभियानमा परियोजनाले सहयोग गरेको बताउनु भयो ।











तपाईको प्रतिक्रिया