|
७ महिना अगाडि
काठमाण्डौ २० बैशाख २०८२
यस साता सुनको मूल्य उच्च दरमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघले निर्धारण गरेको मूल्य अनुसार नेपाली बजारमा यस साता सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँ घटेको छ।
साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबारसम्म आईपुग्दा प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि यस साता घटेको छ। आइतबार तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।











तपाईको प्रतिक्रिया