सुनको मूल्य हालसम्मकै उच्च

बिजनेस पोष्ट

काठमाडौं ३१ चैत्र २०८१।

सुनको मूल्य आइतबार हालसम्मकै उच्च कायम भएको छ । वर्ष ०८१ को अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर इतिहासकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको मूल्य तोलाको एक लाख ८६ हजार रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया