पुनर्निर्माण कोषमा ओरिएन्टल इन्स्योरेन्सको २० लाख सहयोग

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

काठमाडौं ३ पुष २०८२-सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीले २० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत रहेर पुननिर्माणका निम्ति कोषमा सहयोग गरेको हो । 

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जय जोशीले बिहीबार (पुस ३) उक्त सहयोग रकमबराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे । यो कोषको मुख्य उद्देश्य गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहतलगायत कार्यमा सहयोग पुर्‍याउनु रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया