माबिलुङ्ग इनर्जीले साउन २६ गतेदेखि आईपीओ निष्काशन गर्ने

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाण्डौ १९ साउन २०८२– माबिलुङ्ग इनर्जी लिमिटेडले साउन २६ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएकोछ । कम्पनीले आम सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।

कम्पनीले स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालिहरुका लागि यसअघि नै आईपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सो आईपीओमा न्यूनतम् १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

तपाईको प्रतिक्रिया