धनबहादुर मगर
मास्टर मित्रसेन थापामगर नेपालमा मात्र होइन भारतमा समेत उनले साहित्यकला, गीत संगीतमा पु¥याएको योगदानलाई विर्सनु हुँदैन । नेपाली लोकगीतहरु नेपाली स्रोताहरुमाझ आजपनि त्यतिकै प्रसिद्ध छन् । कालजयी गीतहरुकै कारण साहित्यक सर्जकहरु स्रोताहरुको मनमस्तिष्कमा सँधै बाँचीरहन्छ ।
मास्टर मित्रसेन स्मृति कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राइका अनुसार मित्रसेन थापा मगर नेपाल र भारत बिचको सांस्कृतिक पुलको काम गरेको खुलेरै व्यक्त गरेका छन् । उनको सांहित्यिक आयम ओझेलमा पर्नुको कारण गीत हो । त्यतिखेर साहित्य अत्यन्तै कमजोर थियो । गीत संगीत बलियो देखिन्थ्यो ।
त्यसो भने पनि साहित्य असाध्यै महत्वपुर्ण विद्या हो । यो सोझै प्राज्ञिक सत्तासँग जोडिन्छ । त्यतिबेलाको राज्यले सर्जकहरुलाई जोड्न चाहेको थिएन भन्नै पर्छ । थापाको साहित्यिक व्यक्तित्व हाम्रो हातमा आएको छ । मित्रसेन प्रतिष्ठान ३० वर्ष भइसकेको छ । ३० वर्षमा कसैले वहस गरेन । यतिका महानसर्जक बारेमा प्रज्ञा प्रतिष्ठान बेखवर किन हुने ? ३ वर्ष भयो म आएपछि निरन्तर कार्यक्रम गरेको छु । मित्रसेन थापा मगरको बारेमा प्राज्ञिक वहस शुरु भएको छ ।
नेपाल मगर संघका सह–अध्यक्ष गंगाबहादुर थापा मगरले मास्टर मित्रसेन मात्र किन भनियो ? आफू सानो हुँदा गीतहरु सन्ने गरेको थिएँ । मास्टर मित्रसेन मात्र भनिन्थ्यो । त्यतिबेलै मास्टर मित्रसेन थापा मगर भनिएको भए हामीलाई कति गौरवको अनुभूत हुन्थ्यो । तत्कालीन राज्यले मगर जाति प्रति असहिष्णुता थपिदिएको प्रष्ट हुन्छ । वहुआयामिक व्यक्तित्वको रुपमा मात्र चिन्दैन । साहित्य, कला, संगीतको पारखीको रुपमा चिनिएको व्यक्तिलाई राज्यबाटै सहयोग पु¥याएको भए राम्रो हुन्थ्यो । थापाले भने तरपनि राज्यको एउटा प्राज्ञिक अंग नेपाल प्रज्ञा प्रतिष्ठानबाटै भएकोमा खुशी लागेको छ ।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले । मास्टर मित्रसेनको योगदानलाई फराकिलो ढंगले बुझ्नु पर्ने विचार व्यक्त गरेको छ । म साहित्यको विद्यार्थी । साहित्यिक जगतमा उपेक्षित भयो । मास्टर मित्रसेन थापा मगर, मगरको मात्र सम्पत्ती होइन राज्यकै भएको उनको तर्क थियो ।
जन्म जयन्ती कार्यक्रममा मित्रसेनको बाल्यकालका साथी प्रकाशप्रसाद उपाध्यायले आफू भारतीय दूरदर्शन आकाशवाणी रेडियोमा कार्यरत रहँदा १५ मिनेट गोर्खा फौजहरुका लागि नेपालीमा प्रशारण गर्ने गरेका थिए । त्यतिबेला दिल्लीमा नेपाली गीत संगीतहरु पाइन्दैनथ्यो ।
‘धानको बाला झुल्यो हजुर’’ लाहुरेको रेलिमाई’’ जस्ता धेरै चर्चित गीतहरु रेकर्ड भएर प्रशारण हुन्थ्यो । ५ मिनेटको समय मित्रसेनको गीत बज्थ्यो ।
भारतीय अल इण्डया रेडियो, हिन्दीमा आकाशवाणीको विदेशी प्रसारण सेवामा ४२ वर्ष काम गरेर आएँ । मास्टर मित्रसेनको प्रतिभा अचम्मका थिए ।
मित्रसेन थापा मगर आफू फौजीमा भर्ती भयो । प्रथम विश्व युद्ध हुँदा रक्तपात भएको देखेर उनले फौजिको जागिर छोड्यो । लाहुरे भएर परिवार पाल्नु पर्ने तर यहाँ आएर गीत, संगीतमा लाग्यो । आफ्नो जातिलाई उठाउन धेरै काम ग¥यो । नाटकहरु लेखे, नाटकहरुमा खेले, अध्यात्मिकता जगाउन, भागवत गीता, रामायण, द्रोपडी चिरहरण, कृष्ण, सुदामा जस्ता नाटकहरु बनाए । उनको रंगमञ्चमा रुची थियो । गीत गाउने, हार्माेमोनियम बजाउने, खाली समयको पनि केही न केही गरिरहन्थ्यो ।
हिमालयन एडभेन्चर एम्वेसदर विक्रम पाँडेले ‘‘मलाई खुत्रुक्कै पा¥यो जेठान तिम्रो बहिनी’’ले गीत खुबै मन पर्ने थियो । मित्रसेन थापा मगरको गीत र संगीतलाई पयर्टनसँग जोडेर लान सके उनको योगदानको कदर हुने बताएका थिए ।
पाडेले भने मलाई थाहा छ । एक दिन भारतबाट काठमाडौं आएको रहेछ । राणाहरुले दरवारमा निम्तो गरेछन् । राजासाव, भनाउँदा राणाहरुले हिन्दी गीत सुनाउन भनेपछि मलाई हिन्दी गीत आउँदैन झ्याउरे गीत मात्र आउँछ भन्यो रे । राजासाव भनाउँदा खुबै रिसाएछन् । दरवारियाहरुले राजासावसँग झ्याउरे गीत भएपनि गाउन अनुमति दिनु प¥यो भनेर अनुनय विनय गरेपछि । झ्याउरे गीत गाउन लगायो । झ्याउरे गीतको तालमा सबै दरवारिया नाचेको थिए भनेको सुनेको छु । त्यहि बेलादेखि भारतीय हिन्दी गीतहरु नेपालमा गाउन बन्देज भयो भन्ने भनिन्छ ।
भनिन्छ उनी नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्ने, भारतमा बसेर पनि नेपाली गीत संगीतलाई मायाँ गर्ने पहिलो व्यक्ति हो ।
मित्रसेनको नाममा भारतको दार्जिलिङ्गमा मास्टर मित्रसेन स्मृति प्रतिष्ठान स्थापना गरेर वार्षिक रुपमा जन्मजयन्ती मनाउँदा गीत संगीतको क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई एक लाख बराबरको पुरस्कार प्रदान गर्ने चलन छ ।
मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष वरिष्ठ अधिवक्ता गौबहादुर आले मगरका अनुसार मित्रसेन गीतकार मात्र होइन कथाकार, निवन्धकार, कविता लेख्ने कवि पनि हुन । दार्जिलिङको भाक्सु, देहरादुनमा उनको शालिकहरु स्थापना गरेका छन् ।
उनको विषयमा भारतको कुरुक्षेत्र विश्वविद्यलयबाट भारतीय नेपाली मुलका राजेन्द्र गुरुङ, भारतकै आसाम राज्यको भारतीय नेपाली मुलका खगेन्द्रप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालय नेपालबाट विद्यवारिधी गरेका छन् ।
सन् २००१ मा भारत र नेपालमा २०५६ सालमा हुलाक टिकट समेत प्रकाशनमा ल्याइसकेको छ ।
उनले लेखेका गीत, कथा, नाटकहरु वर्मा, हङकङ, मोरिसस लगायत देशका पुस्तकालयहरुमा समेत हिन्दीमा लेखिएको विभिन्न सामाग्री पाउने गरेको छ चर्चा समेत भएका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ प्रा.डा.कौशिला रिसालले मास्टर मित्रसेन थापा मगरको बारेमा समीक्षात्मक टिप्पणी गर्दै वहुआयामिक व्यक्तित्वका रुपमा चिनिएको स्मरण गरिन् । ‘‘लाहुरेको रेलिमाइ,’’ गीतहरु सुनेपनि कथा, कविता, निवन्ध जस्ता साहित्यको विषयमा अध्ययन गरेको रहेनछु । प्रथम विश्व युद्धमा ७ वर्ष पल्टनमा जागिर खाएको व्यक्ति, पछि आएर साहित्यकला संस्कृतिमा देखापर्नु त्यतिबेलाको कालखण्ड पनि उनको चर्चा र महत्वमाथि चर्चा हुनु गौरवको विषय हो ।
साहित्यको विभिन्न विद्यामा समेत कलम चलाएको मित्रसेन थापा मगरको सिर्जनाहरु राष्ट्रिय भक्ति भावमा पे्ररित भएको पाइन्छ । लोकलय, जातिय जागरणमा समर्पित मास्टर मित्रसेन पर्वत जिल्ला जन्मेका हुन् । अझ उनको योगदानको कुराहरु विद्यागत रुपमा आउन सकेको भए अझ राम्रो हु्न्थ्यो । पल्टनमा हुँदा पनि गीत, संगीत रचना गरेर आम मानिसमा पस्किनु कला साहित्य प्रतिको अधिक मायाँ रहेको देखिन्छ ।
हुर्रा नाँच अहिले पनि गण्डकी क्षेत्रमा निकै प्रभावकारी मानिन्छ । फौजीको व्यारेकमा पनि हुर्रा नाँच प्रस्तुत गर्ने गरेको, सामाजिक जागरणमा योगदान गरेको, उनको देशभक्ति भावनाको कारण उनको योगदान नेपाल र भारतमा समेत सांस्कृतिक सदभावमा कोशेढुंगा सावित भएको छ । भारतमा नै उनले ९७ वटा गीत रेकर्ड गरेर प्रथम गोर्खे सर्जक बन्न सफल भएको देखिन्छ ।
२०८२ पुस १४ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा मास्टर मित्रसेन स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित मास्टर मित्रसेन थापा मगरको १३१ औं जन्म जयन्ती कार्यक्रममा व्यक्त भएका विचारहरु हुन् ।











तपाईको प्रतिक्रिया