सुन चाँदीको मूल्य बढ्यो

BusinessPost बिजनेस पोष्ट

काठमाण्डौ ६ भदौ २०८२

सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन शुक्रबार तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो ।

जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार सोही सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया