सुनको मूल्य घट्यो

Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

काठमाडौँ २८ श्रावण २०८२– बुधवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १९६८०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०० रुपैयाँले घटेर १९६७०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला २३२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया