समता घरेलु लघुवित्त वित्तीय संस्थाको खुद नाफा वृद्धि

Bizness Post बिजनेस पोष्ट
|
६ महिना अगाडि

काठमाण्डौ २२ साउन २०८२ -समता घरेलु लघुवित्त वित्तीय संस्थाको खुद नाफा ह्वात्तै बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा उच्च वृद्धि भएको हो।

कम्पनीले गत आवमा ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा २ करोड ४९ लाख रुपैयाँ थियो । तुलनात्मक रूपमा गत वर्ष खुद नाफा २४१ प्रतिशतले वृद्धि हो ।

खुद ब्याज आम्दानी, फी एण्ड कमिसनबाट हुने आम्दानी र कुल सञ्चालन आम्दानी वृद्ध हुँदा नाफा वृद्धि भएको हो ।

कम्पनीले खुद ब्याज आम्दानी ३३ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्ष १९ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसैगरी, कमिशन तथा फीबाट हुने आम्दानी २ करोड ५ लाखबाट ४ करोड ३५ लाख रुपैयाँमा वृद्धि भएको छ । कुल सञ्चालन आम्दानी १४ करोड ८५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कुल सञ्चालन आम्दानी ४ करोड ३९ लाख रुपैयाँ थियो ।

प्रति शेयर आम्दानी ४।४२ रुपैयाँबाट १३।५१ रुपैयाँमा वृद्धि भएको छ । अघिल्लो वर्ष १०।४८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ६।८७ प्रतिशतमा झरेको छ ।

तपाईको प्रतिक्रिया