|
६ महिना अगाडि
काठमाण्डौ २१ साउन २०८२
कामना सेवा विकास बैंकले कमलादीस्थित स्काईवाल्क नेपालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। सम्झौता अनुसार, बैंकका कर्मचारी र ग्राहकले स्काईवाल्कको टिकटमा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
यो सुविधा लिन बैंकका ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाण प्रस्तुत गर्नुपर्नेछ। बैंकले यस सहकार्यबाट आफ्ना ग्राहक र कर्मचारीले विशेष लाभ लिन सक्ने विश्वास व्यक्त गरेको छ।
सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काईवाल्क नेपालका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन्।













तपाईको प्रतिक्रिया