लक्ष्मी सनराइज क्यापिटलद्धारा संचालित म्युचुअल फण्डको प्रतिफल घोषणा

biznesspost-businesspost
Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

काठमाण्डौ २१ साउन २०८२-लक्ष्मी सनराइज क्यापिटलद्धारा संचालित ३ म्युचुअल फण्डको प्रतिफल घोषणा भएको छ । क्यापिटलले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लक्ष्मी उन्नती कोष, सनराईज र्फस्ट म्युचुअल फण्ड र सनराईज फोकस्ड ईक्विटी फण्ड योजनाहरुकोे प्रतिफल घोषणा गरेको हो ।

योजना व्यवस्थापक लक्ष्मी सन्राईज क्यापिटल लिमिटेडको साउन २० गते दिउँसो ४ः०० बजे बसेको संचालक समितिको १५५औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि आषाढ मसान्तमा कायम रहेको खुद सम्पत्ति मुल्य न्याभको आधारमा प्रतिफल घोषणा गरेको हो ।

लक्ष्मी उन्नती कोषको कर सहित २०% सनराईज र्फस्ट म्युचुअल फण्डको कर सहित १४% प्रतिशत र सनराईज फोकस्ड ईक्विटी फण्डको कर सहित १३।५०५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को आषाढ मसान्तमा लक्ष्मी उन्नती कोषको खुद सम्पत्ति मुल्य १२.४६, सनराईज र्फस्ट म्युचुअल फण्डको कोषको खुद सम्पत्ति मुल्य ११.९३ र सनराईज फोकस्ड ईक्विटी फण्डको कोषको खुद सम्पत्ति मुल्य १२.१३ रहेको कम्पनीले जनाएको छ।

साथै खुल्लामुखी योजना शुभलक्ष्मी कोषको १६% बन्दमुखी योजनाहरु लक्ष्मी भ्यालु फण्ड(२ को १५% र सनराईज ब्लुचिप फण्डको १९% प्रतिफल वितरण सम्बन्धी निर्णय यस अघि नै प्रकाशित गरिसकेको जानकारीे गराएको छ ।

तपाईको प्रतिक्रिया