|
८ महिना अगाडि
काठमाडौं १५ जेठ २०८२।
सरकारले औद्योगिक विकासलाई गति दिन विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक क्षेत्रको भाडामा ठूलो कटौती गरेको छ।
बजेट प्रस्तुत गर्दै सेजको भाडा प्रति वर्गमिटर २० रूपैयाँबाट घटाएर ५ रूपैयाँ मात्रै तोकेको विष्णु प्रसाद पौडेलले घोषणा गरे।
प्रमुख प्रावधानहरू:
सेज र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्नेले पहिलो ३ वर्ष भाडाबाट पूर्ण छुट पाउने
औद्योगिक क्षेत्रको भाडामा ५० प्रतिशत कटौती
कम्पनी दर्तादेखि बहिर्गमनसम्मका सबै कार्य एकल विन्दुबाट पूरा गर्ने व्यवस्था
उत्पादनको ३०प्रतिशत निर्यात गर्ने उद्योगलाई सेजजस्तै सुविधा
औद्योगिक क्षेत्र विस्तारका लागि ५५ करोड रूपैयाँ विनियोजन












तपाईको प्रतिक्रिया