नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

Bizness Post बिजनेस पोष्ट
|
९ महिना अगाडि

काठमाडौं ०६ जेठ २०८२-।

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरका रुपमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्यौल सकिएको हाे ।

अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । चितवन निवासी पौडेल गत संसदीय निर्वाचनमा पराजित भएका थिए। चितवन क्षेत्र नं १ मा कांग्रेसबाट उम्मेदवार बनेका पौडेले तेस्रो स्थान कायम गरेका थिए। त्यसअघि उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए। उपाध्यक्षबाट राजीनामा दिएर उनी संसदीय राजनीतिमा होमिएका थिए।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारी गत चैत २३ गते नियमित अवकाशमा गएका थिए। 

तपाईको प्रतिक्रिया