|
८ महिना अगाडि
काठमाडौं २५ बैशाख २०८२।
मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
मन्त्रिपरिषद्को बैठकअघि बालुवाटारमै प्रधानमन्त्री, कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत दुई पार्टीबाट सहभागी केही मन्त्रीको छलफल भएको थियो ।
छलफलमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा सहभागी थिए । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना छ। मन्त्रीपरिषद बैठक बस्नु अघि दुइ दलका शिर्ष नेताहरुको बैठक बस्नुले पनि गर्भनर नियक्ति आजै हुनसक्ने अडकल गरिएको छ ।
प्रधानमन्त्री ओली केही दिन अघि नै सक्ता सहयात्री दल काँग्रेसका सभापती शेर बहादुर देउवालाई विहिबारसम्म देशले गर्भनर पाउने बचन दिएका थिए ।











तपाईको प्रतिक्रिया