बिजनेस पोष्ट

काठमाडौं १४ चैत २०८१-नेपाल टेलिकमले २०८१ सालको एसईईमा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर उपलब्ध गराउने घोषणा गरेको छ ।
यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरूलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ ।
त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुने टेलिकमले जनाएको छ ।
एसईई अफर तथा बोनस अन रिचार्ज चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुने प्रवक्ता हरि ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया