सुनको मूल्य हालसम्मकै उच्च

Bizness Post बिजनेस पोष्ट
|
३ महिना अगाडि

काठमाडौँ । आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो।आजको मूल्य वृद्धिसँगै १० ग्राम सुनको भाउ २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ।

त्यसैगरी, आज चाँदीको भाउ पनि बढेर तोलामा ७ हजार ५०५ रुपैयाँ कायम भएको संघले जनाएको छ। आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

तपाईको प्रतिक्रिया