सिद्धार्थ बैंकको सीईओमा बस्याल नियुक्त

Bizness Post बिजनेस पोष्ट
|
४ हप्ता अगाडि

काठमाडौँ ।

सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सीईओ बस्याल सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध छन् । प्रबन्धकका रुपमा बैंकमा प्रवेश गरेका उनले वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाइसकेका छन् ।

सीईओ बस्यालसँग साढे तीन दशक लामो बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

तपाईको प्रतिक्रिया