काठमाडौं ७ पुष २०८२– रिलाइन्स स्पिनिङ मिल्सको आईपीओ खुलेको ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’ भएको छ । कम्पनीले सोमबारदेखि आम सर्वसाधारणको लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर बिक्री खुला गरेको थियो ।
१० बजेदेखि खुलेको आईपीओमा ४० मिनेटमै ११ लाख ५६ हजार ४८० कित्ताको लागि आवेदन परेको थियो । यस क्रममा २१ हजार ९५३ आवेदक आवेदन दिएको जनाइएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्काशन गरेको थियो ।
पहिलो चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई खुलाएको त्यो सेयर यसअघि नै बाँडफाँट भइसकेको छ ।
साधारण समूहमा निष्काशन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याइएकोमा त्यो पनि बाँडफाँट भइसकेको छ ।
रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम सर्वसाधारणका लागि खुलेको हो ।








तपाईको प्रतिक्रिया