नेप्से परिसूचक १९.९२ ले गिरावट

Bizness Post बिजनेस पोष्ट
|
३ हप्ता अगाडि

काठमाडौं ६ पुष २०८२

आइतबार नेप्से परिसूचक २५९५.१० विन्दुमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १९.९२ ले गिरावट आएको हो । यो अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतको गिरावट हो । आज कुल ३४५ वटा कम्पनीका १ करोड १२ लाख कित्ता सेयर ७० हजार पटक खरिदबिक्री भएका छन् । जसबाट कुल ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। कुल २०७ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ४३ कम्पनीको मूल्य मात्र बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

तपाईको प्रतिक्रिया