जनकपुरधाम २५ मंसीर २०८२
अन्तराट्रिय स्वयमसेविका दिवसको अवसरमा नगरपालिका स्तरीय कार्यक्रम सबैलामा सम्पन्न भएको छ । आर्थिक र सामाजिक विकासका लागि अन्तराट्रिय स्वयमसेवक दिवस प्रत्येक वर्ष डिसेम्वर ५ मा मनाइन्छ । यस दिवसलाई संयुक्त राष्ट्र संघले १९८५ मा सुरुवाति घोषण गरेको थियो । यस दिनले संसारभरका स्वयमसेवकहरुको आर्थिक र सामाजिक विकासकोलगि पु¥याएको योगदानकोलागि सम्मान गरिन्छ । नेपालमा पनि यो दिनको अवसरमा विभिन्न कार्यक्रमहरु गरेर मनाइन्छ ।
सबैला नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरु,स्वास्थ्यकर्मिहरु, सशक्त बालिका परियोजनामा आवद्घ सहजकर्ताहरु र सबैला नगरपालिकाको पदाधिकारीहरु भेला भई सो दिवस मनाइएको हो । कार्यक्रममा सबैला नगरपालिकाको स्वास्थ्य संयोजक गुलेश्वर गडेरीले महिला स्वास्थ्य स्वयमसेविकाहरुको योगदानबाट स्वास्थ्यका गतिविधीहरुमा पुगेको योगदानको चर्चा गर्दै सुभकामना व्यक्त गर्नुभयो ।
महिला स्वस्थ्य स्वयम सेविकाहरुले आफुले समुदायमा गरेको निस्वार्थ सेवाको चर्चा गरे भने आफुले समाजसेवा गर्दा विभिन्न समस्या रहेकाले पालिकाको पहलमा समाधानकोलागि आग्रह समेत गरे । सबैला नगरपालिका र जानकी महिला जागरण समाज,धनुषाको आयोजनामा भएको उक्त कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो ।











तपाईको प्रतिक्रिया