सत्ताको तीर्स्ना (कबिता)

Bizness Post बिजनेस पोष्ट
|
४ महिना अगाडि

लेखक: भुपेन्द्र थापा(माधब)

विचार ,सिद्धान्त र आदर्श
स्वार्थको खाल्डोमा पुर्नेहरु
तिमी जहाँ छौ तेहिबाट लखेटिने छौ।
वर्गबाट लखेटिने छौ।
वौद्धिकवाट लखेटिने छौ।
किसान,मजदुरबाट लखेटिनेछौ।
हरेक मन,मष्तिक र भावनाबाट लखेटिएका छौ।
किन कि तिमीले
लेखेको इतिहासका पानाहरु
तिमीले नै च्याति दिएकाछौ।
क्षतविक्षत आशाका लासहरु
खोक्रो आदर्शक‍ो चितामा लडिरहेछन्।

अस्थिरता,विरोधाभास र अक्रमणियतामा फस्नेहरु
टुट,फुट,झुट र लुटको मसानघाटबाट
नर्गको बाटो हुँदै
स्वार्गको सपना वटुल्दैछौ।
विचारको धारिलो धारमा
विभाजनको अहंकार दलेर
सिद्धान्त र आदर्शको चौटा लुछ्दैछौ।
टुटेका आशा र भरोसाका कोर्रा खाएर
गुमेको एैच‍ो पैचोको अस्तित्व खोज्दैछौ।
समाजवादी यौवनलाई नाङ्गोझार पारेर
चाकडीवाद,परिवारवाद र चम्चागिरी वटुलेर
अहंकार,घमण्ड र प्रतिशोधको ज्वालामा दन्किरहेछौ।

भ्रष्टाचारको पसल थापेर समृद्धिको सपना बेच्नेहरु
समानता,सुशासन र समृद्धिको आशा देखाएर
पैसा,पावर,उडुस र उपियाँ वटुल्दैछौ।
झुपडीमा भरोसाको दियो बालेर
महगी र कालाबजारीको
आागो झोस्दैछौ।
विनाशकारी तानाशाही कालो बादल लगाएर
मुसलधारे गोलि बर्साउन आदेश दिदैछौ।
सत्ताको चिर्खा मेटाउन
रगतको नदि बगाएर
सत्ता र सक्तिको प्यास मेटाउदैछौ।
बुढेसकालको सहारा चुडेर
आमाको मुटु कलेजो गिद्दले झै लुच्दैछौ।
आमाको चीत्कार बैरीको संगित बनाएर
नरसंहारकारी महाताण्डव गर्दैछौ।

तपाईको प्रतिक्रिया