काठमाडौं ३० श्रावण २०८२
नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा ‘नाडा अटो शो– २०२५’आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुदैछ । सो को तयारी भब्य रहेको आयोजकले बताएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने तयारी रहेको प्रदर्शनी ‘गो फर मोर’ भन्ने मूल नारासहित आयोजना हुन लागेको हो । यस संस्करणमा उन्नत प्रविधि, स्मार्ट मोबिलिटी र दिगोपनलाई विशेष प्राथमिकता राखिने नाडाले जनाएको छ ।
नाडा अटो शोको १७औं संस्करणको तयारीमा नाडाको नेतृत्व सुजुकी मोटर्सका प्रबन्ध निर्देशन समेत रहेका करण चौधरीले गरिरहेका छन् । नाडा अध्यक्ष चौधरीको नेतृत्वको यसपटकको प्रर्दशनी विशेष हुने बताइएको छ । यसपटकको प्रर्दशनीमा आयोजकले उड्ने कारको समेत प्रर्दशन गर्ने भएको छ ।
अत्याधुनिक स्वचालित चारपांग्रे रोबोट ‘युनिट्री रोबोट्स’ तथा भविष्यका शहरी हवाई सवारी ‘डिपल इभटोल युएभी’का झलकहरू प्रदर्शनीमा देख्न पाइनेछ ।
यस वर्षको शो’मा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, तथा ३५ अन्य कम्पनी टायर, ल्युब्रिकेन्ट, उपकरण, वित्तीय संस्था आदि० गरी १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन् ।
करिब १ लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको यस शोको प्रदर्शनी क्षेत्रफल ३ लाख वर्गफुटमा फैलिनेछ, जुन अहिलेसम्मकै ठूलो हो । खल्ती एप मार्फत् टिकटको अग्रिम बुकिङमा २०५ क्यास ब्याकको सुविधा दिइनेछ । प्रदर्शनी स्थलमा विभिन्न जोन दुईपांग्रे, चारपांग्रे, अटो पार्ट्स, वित्तीय सेवा आदि छुट्टाछुट्टै रुपमा व्यवस्था गरिनेछ ।












तपाईको प्रतिक्रिया