गरिमा समृद्धि योजना र एनएमबि सरल बचत फन्डको प्रतिफल घोषणा

biznesspost-businesspost
Bizness Post बिजनेस पोष्ट
|
५ महिना अगाडि

काठमाण्डौ १६  साउन २०८२- गरिमा समृद्धि योजना र एनएमबि सरल बचत फन्डले प्रतिफल घोषणा गरेका छन् ।

गरिमा समृद्धि फन्डले आफ्ना इकाईधनीहरुलाई गत वर्षको नाफाबाट ५.१० प्रतिशत प्रतिफल ९कर सहित० दिने घोषणा गरेको हो । लाभांश प्रयोजनका लागि गरिमाले साउन २७ गते बुक क्लोज गर्ने जनाएको छ । साउन २६ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

यता, एनएमबि सरल बचत फन्ड ५ ले पनि इकाईधनीलाई ४.२७ प्रतिशत प्रतिफल ९कर सहित० घोषणा गरेको छ । यसले लाभांश प्रयोजनार्थ साउन १५ गते बुक क्लोज गरेको छ ।

तपाईको प्रतिक्रिया