काठमाडौं १४ साउन २०८२।
झापा इनर्जी लिमिटेडले आज साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्दैछ । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले पहिलो चरणको आईपीओ खुलाउन लागेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
कुल निष्कासनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरिनेछ ।
आयोजना प्रभावितका लागि छुट्याइएको १ लाख ९० हजार ९५ कित्ताका आईपीओमा झापाको शिवसताक्षी नगरपालिका वडा नं ४ स्थित आयोजनाको १०० मिटर वरपर बस्नेले र बाँकी १ लाख ९० हजार ९५ कित्ताका लागि सोही आयोजनाको १०० मिटर वरपरको क्षेत्रबाहेकमा बस्नेले आवेदन दिन सक्नेछन् ।
दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन बन्द छिटोमा साउन २८ गते हुनेछ भने ढिलोमा भदौ १२ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने छिटोमा साउन १८ र ढिलोमा साउन २८ गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ ।












तपाईको प्रतिक्रिया