तोमनाथ उप्रेती
हे सगरमाथाको काखमा विस्राम लिएका हाम्रो स्वाभिमानका हिमालहरू,
हेर,
विश्वरङ्गमञ्चमा समयका पाका पथप्रदर्शकहरू
शान्ति र शक्ति बीचको छाँया नाटक मञ्चन गरिरहेका छन्।
अमेरिका र चीन—
दुई विशाल आकाश(छुँदा पक्षीहरू,
आ(आफ्ना पखेटा विस्तार गर्दै,
हाम्रो दक्षिणतिर मैत्रीका सन्देशका पत्रहरू हावामा सजिलै छरिरहेका छन्।
भारत, त्यो गंगा लहराउने शान्त शेर,
कहिले पूर्वको तटमा साम्यवादको स्पर्श खोज्छ,
कहिले पश्चिमको छालमा पूँजीको स्वाद लिन्छ।
हे भारत,
“आज कसको काँधमा विश्वास राख्नेरु”
भन्दै यामुनाको किनारमा बसेको गणेशजस्तै,
मौन भएर अवसरको प्रतीक्षा गरिरहेछौ।
शक्ति र समृद्धिको शिखर चढ्ने आकांक्षामा,
तिमी लद्दाखका हिउँ पग्लाउँछौ,
तर पग्लिएको पानी मित्रता रोप्दै बग्न सक्छ भन्ने
सजिलो सत्यलाई कहिले काहीँ नजरअन्दाज गर्छौ।
यता चीन,
ड्र्यागनको सासमा नयाँ सम्भावनाका पंखहरू फुराउँदै,
पाकिस्तानलाई साथ दिँदै,
विश्व परिवेशमा अप्रकाशित पानाहरू लेख्न प्रेरित गर्दै,
आर्थिक आकाशमा आफ्ना लक्ष्यहरू विस्तार गरिरहेको छ।
नाटोका निर्णयहरू,
रुपैयाँ र युआनको सांगीतिक लय,
डलरको स्थायित्वको चमक—
यी सबैसँगै
भारतको बजार,
चीनको उत्पादन क्षमता,
अमेरिकाको नीतिहरू—
तीन कोणीय संयोजन बनेर विश्व परिवेशमा नृत्य गरिरहेका छन्।
हे ग्लोबल साउथ,
हाम्रो कृषकका हातबाट बग्ने पसिनाले
तिमीहरूका भाषणहरूलाई सार्थकता दिन चाहन्छ,
र हाम्रो आकाशमा
सप्तऋषिहरूझैँ आशाको चमक फैलाउन चाहन्छ।
प्रकासित मिति : काठमाण्डौ ११ साउन २०८२












तपाईको प्रतिक्रिया