काठमाण्डौ ८ साउन २०८२
नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारकाठमाडौंको बानेश्वरस्थित कार्की बैंकिटमा विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन्। दिउँसो ३ बजे हुने यो सम्मेलनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
पूर्वराष्ट्रपति भण्डारीले गत असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन्। तर, उनको माउ पार्टी नेकपा (एमाले) ले हालैको केन्द्रीय कमिटी बैठकमा उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। यो निर्णयलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वमा चुनौती हुने आशंकाका कारण भण्डारीलाई रोक्न खोजिएको आरोप केही पक्षले लगाएका छन्।
यता, एमालेको संस्थापन पक्षले भने राष्ट्रको सर्वोच्च पदमा बसेको व्यक्तिले सक्रिय पार्टी राजनीतिमा फर्कनु नैतिक रूपमा उपयुक्त नहुने तर्क गर्दै आएको छ।












तपाईको प्रतिक्रिया