काठमाडौं, ३० असार २०८२।
नयाँ बानेश्वरमा अवस्थित लिभरपुल इन्टरनेसनल सेकेन्डरी स्कुल एण्ड कलेज ‘बेष्ट प्लस टु अवार्ड’बाट सम्मानित भएको छ ।
केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’को अवसरमा स्थापनाको छोटो समयमै शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै लिभरपुललाई उक्त सम्मान गरिएको हो ।
लिभरपुल गुणस्तरिय एवं जीवनोपयोगी शिक्षाका लागि कहलिएको शैक्षिक संस्था हो ।
लिभरपुलमा नविनतम् प्रविधि अपनाउँदै छरितो र वैज्ञानिक ढंगले पठनपाठन हुँदै आएको छ । २०६८ सालमा स्थापना भएको लिभरपुल एजुकेशन नेटवर्क अन्र्तगत रहेको लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल र कलेजमा कक्षा ११ र १२ अन्र्तगत विज्ञान, व्यवस्थापन र कानुन संकायमा पठनपाठन हुँदै आएको छ ।
शैक्षिक स्रोतहरुको भरपुर उपयोग गर्दै प्रयोगात्मक शिक्षा प्रदान गर्ने भएकाले यस कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।













तपाईको प्रतिक्रिया