जयराम बिडारी
काठमाण्डौ २८,असार २०८२,
अभिनव अभिनव साहित्य समाजमा नियमित रचना वाचन गरी २१२ औँ भानुजयन्ती मनाएको छ ।
अभिनव साहित्य समाज तथा स्रष्टा पदयात्रा नेपालका उपाध्यक्ष विमल अर्यालको समापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथि नन्दकृष्ण जोशी विशिष्ट अतिथि रामबहादुर पहाडी गोविन्द घिमिरे वेदमणी तथा प्रार्थना खनालको आतिथ्यमा सयौंका संख्यामा भेला भएका साहित्यानुरागीहरुको उपस्थितमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा अभ्यागतहरुलाई स्वागत गर्दै समाजका सचिव परशुराम पराशरले हरेक महिनाको अन्तिम शनिवार आयोजना गरिने नियमित रचना वाचनकाो यस शृङ्खलामा भानु प्रतिको सम्मानका रुपमा मनाउँन पाउँदा खुशी लागेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रशिद्ध देउडा अभियन्ता नन्दकृष्ण जोशीले साहित्य र संस्कृतिका क्षेत्रमा अनवरत रुपमा लागिरहँदाका संघर्षपूर्ण जीवनमा देउडा गायनको क्षेत्रमा पहिचान निर्माणले सन्तुष्टि मिलेको बताए । अभिनव साहित्य समाजले आज प्रमुखताका साथ सम्झिनुले पनि सुदुरपश्चिम संस्कृति र देउडा प्रतिको अनुरागको घोतकको रुपमा आफूले महसूस गरेको बताउंदै भानुभक्तिय लेखन शैलीलाई आजपर्यन्त जीवित रुपमा संरक्षण र संरक्षित कतै गरिएको छ भने त्यो सुदुरपश्चिममा मात्र रहेको बताए । उनले सो अवसरमा मागल तथा देउडा डेडी कदममा खेलीने खेल हो । देउडा १४ , १४ अक्षरको संरचनामा गाइने बृहत् साहित्य भण्डार रहेको समेत बताए ।
यसैगरी विशिष्ट अतिथि रामबहादुर पहाडीले प्रमुख विशिष्ट अतिथिको भूमिकामा रहेका वरिष्ठ साहित्यकार अनुवादक तथा गजलकार रामबहादुर पहाडीले साहित्यको उन्नयनमा क्षेत्रमा अभिनव साहित्य समाजको ऊर्जाशील टिमलेउल्लेखनीय भूमिका निर्वाह गरिरहेको कार्य स्तुत्य रहेको बताउँदै साहित्यिक गतिविधिले यस संस्थालाई अझै उचाइमा पुर्याउने कुरामा आफू विश्वस्त रहेको बताए । अभिनवले नियमित रचना वाचनका विशेष कार्यक्रममा आफूलाई पनि अतिथिको रुपमा उभ्याएर गजल लेखनका क्षेत्रमा कृयाशील साधकलाई सम्मान गरेको रुपमा लिएको बताए । उनले अभिनवद्वारा भानुविशेषका रुपमा रचना वाचन गरि सम्मानित गरिएकोमा भानुभक्तलाई नेपालमा मात्र होइन नेपालबाहिर पनि उत्तिकै श्रद्धा र सम्मान गरिने कुरा बताउँदै पूर्वमा भारतको आसामदेखि पश्चिममा कुमाउ–गढवालसम्म पनि भानुलाई आदिकविका रुपमा विशेष मान्यता दिइने गरिएको कुरा बताए ।
कार्यक्रममा शुशिल आचार्य,वुद्धिसागर पौड्याल,मुरारी सिग्देल,मेनका पोखरेल कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’
दिवाकर न्यौपाने ठाकुरप्रसाद खतिवडा,वासुदेव पौडेल
ओमप्रसाद कोइराला,सिताराम पोखरेल,राामचन्द्र दाहाल
बाजुराम पौडेल,गीता बराल ,विजया बस्नेत भावना न्यौपाने,घनश्याम प्रसाईं,गंगा खड्का,सुरेशचन्द्र घिमिरे
नवराज पुडासैनी ज्योत्सना,जानुका भट्टराई /सिताराम पोखरेल संयुक्त रुपमा असारे भाकामा गीत सुनाए भने
शशिश्री भट्टराई ,रुबि सत्याल प्रार्थना खनालद्वारा देउडा तथा रचना वाचन का साथै परशुराम पराशर गङ्गाप्रसाद भेटवाल,अमरसिंह थापाका बंशज बाबुराम सिंह थापाले रचना वाचन गरेका थिए ।
सो अवसरमा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ले आदिकवि भानुभक्तको २१२ औँ जयन्ती मनाएर र विशेष नियमित रचना वाचनका कार्यक्रम गरेर अभिनवले भाषा कला र साहित्यको क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको बताए ।
शारदा पराजुलीद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको थियो ।












तपाईको प्रतिक्रिया