महालक्ष्मी नगरपालिका, वडा नं १ परिशरमा बृक्षरोपण कार्यक्रम सम्पन्न

Bizness Post बिजनेस पोष्ट
|
७ महिना अगाडि

ललितपुर १५ असार २०८२ ।
महालक्ष्मी नगपालिका वडा नं १ को कार्यालय सेरोफेरोमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल आइएमई बंैक र महालक्ष्मी नगपालिका वडा नं १ को संयुक्त आयोजनामा आज शनिवार विभिन्न थरीका १०१ बोटबिरुवा रोप्दै बृक्षारोपण सम्पन्न भएको हो । ग्लोबल आइएमई बैंकको सहयोग तथा वडा नं १ को सहकार्यमा बृक्षारोपण सम्पन्न भएको वडा नं १ का अध्यक्ष छिरिङ्ग लामाले बताउनु भयो ।
अध्यक्ष लामाको अनुसार सो अवसरमा विभिन्न प्रजातीका बोट बिरुवा, फुलका बोट तथा कपुर लगायत रोपिएको थियो । सो बृक्षारोपण कार्यक्रमा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, उपमेयर लक्ष्मी मर्हजन तथा ग्लोबल आइएमई बैंकको तर्फबाट डेपुटी सिइओ सुमन पोखरेलको सहभागिता थियो । कार्यक्रममा बैंक तथा वडाका तर्फबाट कम्तिमा डेढ सय जनाले सहभागिता जनाएका थिए । आफ्नो शहर तथा वडा परिशरलाई स्वच्छ, सफा, मानवमैत्री र सुन्दर बनाउनको खातिर बृक्षारोपण कार्य गरिएको अध्यक्ष छिरिङ्ग लामाले बताउनु भयो । आगामी दिनहरुमा पनि यस्तै खालको कार्यक्रमलाई निरन्तरता दिँदै जाने लामाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया