सशक्त वालिका परियोजनमा अनुगमन सम्पन्न

Bizness Post बिजनेस पोष्ट
|
८ महिना अगाडि

जनकपुरधाम २९ जेठ २०८२

सशक्त वालिका परियोजनमा भएका क्रियाकलापहरुको समिक्षा बैठकहरुको अनुगमन सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजना (GSS) ले प्रारम्भिक वाल विकास र संरक्षणको विषयमा काम गर्दै आएको छ ।
सबैला नगरपालिकाको वडा नं. ९,१०,११ र १३ तथा शहीदनगर नगरपालिकाको वडा नं. ७ मा यो कार्यक्रम संचालित छ । अनुगमनमा जानकी महिला जागरण समाजको पदाधिकारीहरु मन्दा कुमारी कर्ण, सन्जुदेवि दास,रामदत्त ठाकुर लगायत परियोजनाको कर्मचारीहरु रहेका थिए ।
अनुगमनको क्रममा शहिदनगर ७ को नेमुवाटोलमा सकरात्मक अभिभावकत्व सत्रमा छलफल तथा अनुभव आदान प्रदान गरियो त्यस्तै सबैला नगरपालिका ७ को भठियन टोलको किशोरी समुहमा विगत ९ महिनामा चलेको स्टिक एन्ड स्टोन कक्षाको समिक्षा गरियो । सबैला ११ को २ वटा किशोरी समुहमा पनि स्टिक एन्ड स्टोन कक्षाको समिक्षा गरियो ।
छलफलको क्रममा आ आफ्नो अनुभव आदान प्रदान गरियो भने कार्यक्रले समुदायमा पारेको प्रभाव बारेमा सहभागिले कुुराहरु राखे । आगामि दिनमा बाल विबाह विरुद्घ हुने गतिविधिमा सक्रियतापुर्वक लाग्ने प्रतिवद्दता पनि व्यक्त गरे । अनुगमनमा सबैला नगरपालिका बाट महिला बालवालिका शाखा प्रमुख तथा वडा अध्यक्षहरुले समेत बाल विबाह न्युनिकरणमा परियोजनाले खेलेको भुमिकाको प्रसंसा गरे भने आफ्नो बडा तथा नगरपालिकालाई बालमैत्रि घोषणा चाडै गर्न लागिपर्ने वताय ।

तपाईको प्रतिक्रिया