|
६ महिना अगाडि
काठमाण्डौ १८ जेष्ठ २०८२,
राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्द गर्ने घोषणा गरेका छन् ।
राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन् ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष थापा,राप्रपा सांसद सिंह लगायतलाई प्रहरीले अमानवीय तवरले पक्राउ गरेको भन्दै सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको हो ।











तपाईको प्रतिक्रिया