काठमाडौं २८ बैशाख २०८२।
गभर्नर नियुक्ति प्रक्रियामा नयाँ नयाँ अनुहारको नाम चर्चामा ल्याइएको छ । खासगरी हाल कामु गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि नियुक्ति प्रक्रिया झन् जटिल बनेको छ । भट्टको राजिनामा स्वकृत नभए कांग्रेसले नयाँ अनुहार भित्राउने भएको छ ।
पछिल्लो पटक नेपाली कांग्रेसका तर्फबाट अर्थशास्त्री विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्नुपर्ने प्रस्ताव कांग्रेसले गरेको चर्चा छ । स्रोतका अनुसार शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकमा कामु गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरे कांग्रेसले विश्व पौडेललाई पठाउने जानकारी गराएको थियो ।
यद्यपी विश्व पौडेल गभर्नर सिफारिस समितिकै सदस्य हुन् । उनलाई समितिबाट राजीनामा दिन लगाएर गभर्नरमै सिफारिस गर्नु पर्नेछ ।
कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले गुणाकर भट्टलाई सिफारिस गरेको भएपनि उनको राजीनामा स्वीकृत भएको छैन । उनलाई राजीनामा स्वीकृत नगरी पठाउँदा प्राविधिक समस्या आउन सक्ने आँकलन कांग्रेसको छ।
सभापती देउवाले विश्वको नाम अघि सारेपनि सो पार्टीको अन्य नेताहरुले भने नाम फिक्स भइनसकेको बताएका छन् । डा पौडेल काँगे्रसबाट पटक पटक अवसर पाएका ब्यक्ति हुन् । यसअघि पनि राष्टिय योजना आयोगको सदस्य, उपाध्यक्ष बनाइएका उनी कांग्रेसबाटै सासदको टिकट पाएपछि राजिनामा दिएर मैदानमा उत्रिएका ब्यक्ति हुन् ।
राष्ट बैंक एक स्वायत्त एवं सरकारको सल्लाकारको भुमकिामा रहेको संवेदनशील संस्था भएकाले पनि स्वतन्त्र व्यक्ति त्यस संस्थामा माग गर्दछ । सरकारले त्यस्तो निकायमा पार्टीको झोला बोकेका, पटक-पटक अवसर पाएर पनि केही गर्न नसकेका, आसेपासे एवं चाप्लुसी गरेर पद हत्याउन पल्केकाहरुलाई नियुक्ति गर्दै जाने हो भने त्यो पदबाट राज्यले चाँही के पाउँछ ? जनताले त्यस्ता ब्यक्तिबाट के पाउँछन् ? भनेर जनस्तरबाटै प्रश्न उठ्न थालेको छ ।
काँगेसमा पछिल्लो समय सभापती देउवाको मात्र निर्णय चल्दैन, सो पार्टीमा महामन्त्रीद्धय गगन-विश्व प्रकाश जस्ता युवा नेताहरु निर्णयहरुमा हावी हुँदै आएका देखिन्छन् । त्यसले गर्दा पनि नेतृ आरजुु राणाको रोजाइका पात्र विश्व पौडेल गर्भनर भइहाल्लान् भन्ने चाँही शंशयमै छ । उनलाई सिंगो काँगेसले बोक्ला वा नबोक्ला भन्न सकिदैन ।











तपाईको प्रतिक्रिया