|
९ महिना अगाडि
काठमाण्डौ ४ बैशाख २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ। केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको हो।
बिहीबार बसेको केन्द्रीय समिति बैठक अनुसार कोशी प्रदेशमा रास्वपा प्रमुख सचेतक सन्तोष परियार इन्चार्ज तोकिएका छन्।मधेसमा कार्यवाहक प्रवक्ता मनिष झा, बागमतीमा कोषाध्यक्ष लिमा अधिकारी, गण्डकीमा सांसद शिशिर खनाल इन्चार्ज बनाइएका छन्। लुम्बिनीमा सहमहामन्त्री विपिनकुमार आचार्य, कर्णालीमा सांसद गणेश पराजुली र सुदूरपश्चिममा सांसद हरि ढकाल इन्चार्ज तोकिएका छन्।












तपाईको प्रतिक्रिया