काठमाण्डौ ४ बैशाख २०८२
बंगलादेशको नेसनल बोर्ड अफ रेभेन्यू (एनबीआर) ले नेपाल, भारत र भुटानबाट केही वस्तुहरूको आयातमा रोक लगाउने निर्णय गरेको छ। आइतबार राजपत्रमा प्रकाशित सूचनाअनुसार धागो, धुलो पाउडर, सुर्ती, पत्रिकाको कागज, विभिन्न प्रकारको कागज र पेपरबोर्डलगायतका सामग्री आयातमा प्रतिबन्ध लगाइएको हो।
एनबीआरको भन्सार शाखाबाट जारी उक्त निर्देशन अनुसार नेपाल र भुटानबाट आयात हुने धागो र आलुबाहेक अन्य वस्तुमा रोक लाग्नेछ। अन्य वस्तुको आयात अनुमति नदिने स्पष्ट गरिएको छ।
भारतबाट आयातमा भने अझ विस्तृत सूचीमा प्रतिबन्ध लगाइएको छ। भारतबाट डुप्लेक्स बोर्ड, न्युजप्रिन्ट, क्राफ्ट पेपर, सिगरेट पेपर, माछा, धागो, आलु, दूध पाउडर, सुर्ती, रेडियो र टेलिभिजनका पार्टपुर्जा, साइकल र मोटरसाइकलका पार्टपुर्जा, फोरमाइका सिट, सेरामिक र सेनिटरी सामग्री, स्टेनलेस स्टीलका वस्तु, मार्बल स्ल्याब, टाइल्स र मिश्रित कपडाको आयातमा प्रतिबन्ध लगाइएको हो।
यद्यपि, भ्याटमा रजिष्ट्रर भएका बिडी (सुतली चुरोट) उत्पादक उद्योगहरूलाई भने सुर्तीको पत्ता आयात गर्न अनुमति दिइने जनाइएको छ।
सूचना आइतबारदेखि नै लागू भइसकेको बताइएको छ।











तपाईको प्रतिक्रिया